पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्नसक्ने अवस्था छैन : योगेश भट्टराई

मंसिर २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्नसक्ने अवस्था छैन : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले जेन-जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताउनुभएको छ ।

सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको अवस्थामा एमाले जनतातिर नभइ नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । उहाँले पार्टीलाई जनतातिर फर्काउँदै पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन आफूहरू प्रतिस्पर्धामा रहेको दाबी समेत गर्नुभयो ।

महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वले राज्यसत्ताको समेत नेतृत्व गर्नेगरी आफूहरू आन्तरिक प्रतिस्पर्धामा रहेको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.