काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसीमा आज (आइतबार) पनि सुनुवाइ हुन सकेन । आइतबार उच्च अदालतमा लामिछानेको मुद्दामा पेसी थियो । तर उच्च अदालत पाटनका न्यायधिश द्वय नृपध्वज निरौरा र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले लामिछानेको मुद्दालाई हेर्न नभ्याइनेमा राखेको हो ।
उनलाई नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ । लामिछानेलाई यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा हालेका हुन् ।