भक्तपुर । भक्तपुरमा बौद्ध धर्मावलम्बीको परम्परागत बाजाको खुल्ला गुँला बाजा प्रतियोगिता भएको छ ।
भक्तपुर नगरपालिकाका आयोजनामा भएको प्रतियोगितामा काठमाडौं, साँखु, ललितपुर, भक्तपुर, मध्यपुर थिमि र बनेपाका बाजा बजाउने २६ समूहको सहभागिता थियो । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सुनील प्रजापतिले पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिकाले बौद्ध धर्मसँग जोडिएको गुँला बाजा प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
प्रतियोगिता सुरु हुनुअघि भक्तपुर नगरपालिका ५, टौमढीबाट सुरु भएको र्याली नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, नःपुखु हुँदै भार्वाचो (कुथु बहि) मा पुगेको थियो ।