धनकुटामा माइक्रो दुर्घटना हुँदा १५ जना घाइते

वैशाख ८, २०८१ |विनोद घिमिरे
धनकुटामा माइक्रो दुर्घटना हुँदा १५ जना घाइते

धनकुटा । काठमाडौंबाट संखुवासभाको खादबारी जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रो आज बिहान धनकुटा नगरपालिका-९ च्याङच्याङबारीमा दुर्घटना भएको छ ।  दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका ट्राफिक प्रहरी इन्चार्ज चन्द्रकुमार फाँजू श्रेष्ठले जानकारी दिनुभयो । माइक्रो सडकबाट करिब ७५ फिट तल खसेको छ । दुर्घटनापछि गाडी चालक हरिशरण आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइक्रोमा चालकसहित २० जना यात्रु सवार थिए । 


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement