रङमय बन्यो नेपालगन्ज (फोटो फिचर)

चैत्र १२, २०८० |जे पाण्डे
रङमय बन्यो नेपालगन्ज (फोटो फिचर)

नेपालगन्ज । रङ र सद्भावको पर्व होलीमा यतिबेला अवध क्षेत्र अर्थात् अवधी भाषा र संस्कृतिको बाहुल्यता रहेको पश्चिम तराईको सहर नेपालगन्ज पनि रङमय भएको छ । विविधताले भरिएको नेपालगन्जमा होलीले गाउँ सहर रंगीन भइरहँदा अवधि संस्कृतिका जानकारहरु भने चितिन्त देखिएका छन् । मौलिक पक्ष हराउँदै गएको उनीहरुको बुझाइ छ ।

केही वर्ष अघिसम्म होली सुरु हुन ८/१० दिन अघिदेखि नै गाउँघरमा गुञ्जिने रघुबिरा गीत आजभोलि निकै कम सुनिन थालेको छ ।

समूह बनाएर युवादेखि बुढापाकाहरू ढोल, मुजुरा, हार्मोनियम, डम्फु तथा झ्याली बजाउँदै रघुबिरा गाएर रमाइलो गर्ने यस्तो परम्पार र शैली आजभोली भेट्नै मुस्किल छ । रघुबिरा र जोगिराको लयमा हाँसो-ठट्टा गर्ने र भजन तथा चुड्कामा व्यंग्य गर्ने सास्कृतिक रङलाई ओझेलमा पर्ने खालका गतिविधि देखिन थालेपछि पुरानो पुस्तामा आफ्नो संस्कृति हराउने हो कि भन्ने चिन्ता रहेको अवधी सांस्कृतिक प्रतिष्ठान नेपालगन्जका पूर्वअध्यक्ष विष्णु कुमाल बताउँछन् ।

सांस्कृतिक विविधताले भरिएको नेपालगन्जमा होली कुनै समुदाय विशेषको भन्दा माथि उठिसकेको छ । अहिले यो पर्व सबै समुदायका लागि मित्रतासँगै सद्भावको प्रतीक बनेको छ ।

नेपालगन्जमा होलीको सद्भाव यति ठूलो छ कि हिन्दूहरुको यो पर्वमा मुस्लिम सामुदाय पनि उस्तै प्रेमका साथ रमाइरहेको देख्न सकिन्छ ।

नेपागन्जको होलीमा देखिने दृष्यले यो पर्वलाई सञ्चै सद्भाव र एकतापर्वका रुपमा यसको गौरव बढाएको छ । यसका साथै नयाँ पुस्ताले आफ्नो मौलिक शैली र संस्कृतिलाई पनि जोगाउँदै लान सके यहाँ मनाइने होलीको महत्त्व झनै बढेर जानेछ ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।