धादिङको थाक्रे आइपुगेको मिटरब्याज पीडितको ‘न्याय मार्च’ भोलि राजधानी प्रवेश गर्ने

फाल्गुन ८, २०८० |पोषनाथ अधिकारी
धादिङको थाक्रे आइपुगेको मिटरब्याज पीडितको ‘न्याय मार्च’ भोलि राजधानी प्रवेश गर्ने

धादिङ । मिटरब्याज पीडितको न्याय मार्चको टोली धादिङको थाक्रे गाउँपालिकाको सिम्ले आइपुगेको छ ।

२८ जिल्लाका पीडित पैदल हिँडेर न्याय खोज्न भोलि काठमाडौं प्रवेश गर्ने तयारीमा छन् । आज बिहान धादिङ सिद्धलेकको पिपलटारबाट अघि बढेको न्याय मार्चको टोली सिम्लेमा आएर बास बसेको हो । यति लामो यात्रा गरी काठमाडौँ आइपुग्नै लाग्दा पनि राज्यले चासो नदिएको गुनासो गर्दै किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले आफूहरुको माग पूरा नभएसम्म घर नफर्किने बताए

माघ १६ गते झापा र कञ्चनपुरबाट एकैसाथ सुरु भएको मिटरब्याज पीडितहरूको टोलीले अब झन्डै ४० किलोमिटर पैदल यात्रा गरी भोलि साँझ काठमाडौं प्रवेश गर्ने लक्ष्य लिएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।