हुम्लामा फेरि हिमपात, हवाई सेवा पुनः बन्द

माघ २१, २०८० |जनकबहादुर शाही
हुम्लामा फेरि हिमपात, हवाई सेवा पुनः बन्द

हुम्ला । हुम्लामा फेरि हिमपात भएको छ । हुम्लामा यो वर्ष हिमपात भएको यो तेस्रो पटक हो । हिउँ परेसँगै हवाई सेवा पुनः बन्द भएको नागरिक उड्डयन प्राधिकरण हुम्लाले जनाएको छ ।

सदरमुकाम  सिमकोटसहित माथिल्लो हुम्लाका खार्पुनाथ, नाम्खा गाउँपालिका तथा  तल्लो क्षेत्रका अदामचुली, ताजाकोट, सर्खेगाड र चंखेली गाउँपालिकाको लेकमा हिउँ परेको छ । त्यस्तै बेसीमा पानी परिरहेको छ । 

हिउँ परेसँगै सिमकोट बजारमा मानिसको चहलपहल कम भएको छ । हुम्लाका ८५ प्रतिशत खेतीयोग्य जमिन आकाशे पानीमा निर्भर भएकाले हिउँदे बालीका लागि फाइदा पुग्ने भन्दै किसान खुसी भएका छन् । 

हिमपातका कारण सदरमुकामबाट लिमी र हिल्सा आवतजावत पनि बन्द भएको छ ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।