संखुवासभाका उच्च हिमाली क्षेत्रमा हिमपात (फोटो फिचर)

माघ १२, २०८० |दीपेन्द्र शाक्य
संखुवासभाका उच्च हिमाली क्षेत्रमा हिमपात (फोटो फिचर)

संखुवासभा । भोटखोला गाउँपालिकाको किमाथांकासहित संखुवासभाका उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको छ । हिउँ झरेपछि जनजीवन प्रभावित भएको छ । बुधबार रातिबाट लगातार किमाथांका क्षेत्रमा हिउँ पर्न थालेको हो । भोटखोला गाउँपालिका-१ किमाथांकाका वडाध्यक्ष नुर्बू च्यावाले गाउँको माथिल्लो डाँडामा २ फिटसम्म हिउँ जमेको बताउँदै तल्लो क्षेत्रमा पनि हिउँ परिरहेको जानकारी दिएका छन् । हिमपातका कारण पशुचौपायलाई असर पुगेको छ । स्थानीयहरु घरबाहिर निस्कन सकेका छैनन् । यस्तै, हिमपातसँगै जाडो बढेपछि बालबालिका र बृद्धबृद्धा समस्यामा परेका छन् ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।