भ्यानको ठक्करबाट साइकल यात्रुको मृत्यु

पुस २९, २०८० |कमल पन्थी
भ्यानको ठक्करबाट साइकल यात्रुको मृत्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिकाको वेलवा चोक हुँदै भुरीगाउँतर्फ गइरहेको यात्रुबाहक भ्यानको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ ।

भे १ ज १३८६ नम्बरको म्याजिक भ्यानको ठक्करबाट सोही ठाउका करिब ४० वर्षीय रामबहादुर थारु सिकिस्त घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तिलकराम अर्यालका अनुसार शुक्रबार भ्यानको ठक्करबाट सिकिस्त घाइते भएका थारुलाई उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको जनाए ।

प्रहरीले भ्यान र चालक प्रतिक थारुलाई नियन्त्रणमा लिएको जनाएको छ । 


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।