लिगेलिगे दौडको उपाधि त्रिभुवन आर्मीका गजेन्द्र राईलाई

कार्तिक १, २०८० |भीमलाल श्रेष्ठ
लिगेलिगे दौडको उपाधि त्रिभुवन आर्मीका गजेन्द्र राईलाई

गोरखा । गोरखामा सम्पन्न लिगेलिगे दौडको उपाधि त्रिभुवन आर्मी क्लबका ३० वर्षीय गजेन्द्र राईले जितेका छन् ।

चेपेघाटदेखि लिगलिग कोटसम्मको १३.८ किमी दुरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै राईले लिगलिगे दौडको ११औँ संस्करणको उपाधि हात पारेका हुन् ।

उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ पुरस्कारसमेत प्राप्त गरेका छन् । राई खोटाङका हुन् । 

त्यस्तै त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिंह रावतले ५६ मिनेट ५३ सेकेन्ड, भारतीय सेनाका अनीश थापामगरले  ५८ मिनेट ३५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार पाएका हुन् । 

दौडमा ४९ जना धावक सहभागी थिए । दौडेर राजा हुने थलो लिगलिग कोटको इतिहासको स्मरणस्वरुप लिगलिग कोट विकास अभियानले २०६७ साल देखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका गोरखा संवाददाता हुन् ।