गोरखामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो, अवरुद्ध सडक सञ्चालन

भाद्र १६, २०८० |भीमलाल श्रेष्ठ
गोरखामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो, अवरुद्ध सडक सञ्चालन

गोरखा । गोरखा नगरपालिका–९ कट्टेलचोकको सडक छेउमा कुकर र तारजडित शंकास्पद वस्तुको भेटिएको छ ।

शनिबार बिहान करिब ५ बजे सडक छेउमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए । शंकास्पद वस्तुसँगै एउटा हसिया हतौडा अंकित झन्डा पनि फेला परेको छ ।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय निष्क्रिय पारेपछि सडक पुन: सञ्चालन भएको छ ।

गोरखा आबुखैरेनी सडक खण्डमा राखिएको उक्त शंकास्पद वस्तुका कारण बिहानैदेखि यातायात आवागमनसमेत बन्द भएको थियो ।

एमसीसी कार्यान्वयनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रेस विज्ञप्ति जारी गर्दै आज नेपाल बन्दको आह्वान गरेको थियो।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका गोरखा संवाददाता हुन् ।