पहिरोको जोखिममा गोरखाको खानीगाउँ

भाद्र १, २०८० |भीमलाल श्रेष्ठ
पहिरोको जोखिममा गोरखाको खानीगाउँ

गोरखा । गोरखाको धार्चे गाउँपालिका ७ को खानीगाउँ पहिरोको जोखिममा परेको छ । गाउँनजिकै मनि खोला आसपास पहिरो बढ्दै जाँदा खानीगाउँको बस्ती चर्किन र भासिन थालेको हो ।

केही दिनअघिको लगातारको वर्षापछि घरभित्रको जमिन चिरा परेर ३२ वटा घर बस्नै नहुने भएको हो । विस्थापित भएका मानिसहरु खानीगाउँमै विद्यालय र आफन्तको घरमा आश्रय लिएर बसेको स्थानीय बासिन्दाले जनाएका छन् ।

भूकम्पपछि नै भूस्खलन हुने र भासिने समस्याले जोखिममा रहेका खानीगाउँमा ८२ घर छन् । खानी गाउँ गैरीटोल र काफल टोलका घरहरुमा जमिन चिरा पर्ने र पहिरिने समस्या देखिएको छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका गोरखा संवाददाता हुन् ।