दूधकोशी हाइड्रोको बाटो खन्दै गरेको स्काभेटरमा आगजनी

श्रावण ५, २०८० |भानुभक्त निरौला
दूधकोशी हाइड्रोको बाटो खन्दै गरेको स्काभेटरमा आगजनी

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्माण सुरु हुन लागेको दूधकोशी हाइड्रोको सडक खन्ने काममा प्रयोग हुँदै आएको स्काभेटरमा आगजनी भएको छ ।

रादुर कन्स्ट्रक्सन कम्पनीको स्वामित्वमा रहेको कोबेल कम्पनीको उक्त स्काभेटरमा गएराति अज्ञात समूहले आगजनी गर्दा जलेर मेसिन पूर्ण रुपमा क्षति भएको हो । उक्त पालिकाको वडा नम्बर ४ बादे पुलदेखि दूधकोशी हाइड्रोपावर २, पञ्चनसम्मको सडक ट्रयाक खन्ने काममा प्रयोग हुँदै आएको स्काभेटरमा आगजनी हुँदा ८० लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहले जानकारी दिए ।

आगजनीबाट मानवीय क्षति नभएको तर मेसिन पूर्ण रुपमा जलेको रादुर कन्स्ट्रक्सनका सञ्चालक रामकिरण राईको भनाइ छ । उक्त पालिकामा ६ महिनाको अवधिमा तीनवटा स्काभेटरमा आगजनी भइसकेको छ । 


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजन सोलुखुम्बु संवाददाता हुन् ।