कहिले चढ्न पाइन्छ काठमाडौंमा रेल ?

चैत्र ७, २०७९ |विकास थपलिया
कहिले चढ्न पाइन्छ काठमाडौंमा रेल ?

काठमाडौं । महानगरपालिकाको एक कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उपत्यकामा मेट्रो रेल कुदाउन सहकार्यको प्रस्ताव राखेपछि यो विषयले पुनः चर्चा पाएको छ । राजनीतिक दलहरूले उपत्यकाबासीलाई रेलको सपना देखाएर भोट माग्न थालेको एक दशक बिते पनि खासै प्रगति भएको छैन ।

लगानी बोर्डले सन् २०१२ मा गरेको अध्ययनले काठमाडौंमा ७७ दशमलव २८ किलोमिटर मेट्रो रेलको सम्भावना देखाएको थियो । जसमा २५ दशमलव ५ किलोमिटर भूमिगत र ५१ दशमलव ७८ किलोमिटर आकाशे रेलको कल्पना गरेको थियो ।

अन्तर्राष्ट्रिय अध्ययनअनुसार सामान्यतया ३० लाख जनसङ्ख्या नाघेपछि सहरमा मेट्रो चलाउन सकिन्छ । काठमाडौं उपत्यकाको जनसङ्ख्या ५० लाखको हाराहारीमा छ ।

 ट्राफिक प्रहरीको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा दैनिक १७ लाख ५६ हजार सवारी साधन गुड्छन् । यसरी हेर्दा उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन पनि मेट्रो रेल आवश्यक हुनसक्छ । तर, कस्तो र कसरी रेल सञ्चालन गर्ने भन्ने अन्योल अझै कायमै छ ।

 पटक पटक अध्ययन हुने, संस्थैपिच्छे सम्भाव्यता जाँच गर्ने तर त्यही अध्ययन पनि गिजोलिने गर्दा उपत्यकाको रेल सपना साकार हुन सकेको छैन । 

उपत्यकामा रेल सपना किन यथार्थ बन्न सकिरहेको छैन ? के हाम्रो सहरमा रेल आवश्यक छ ? आवश्यक छ भने, काठमाडौं उपत्यकाका लागि कस्तो रेल उपयुक्त होला वा कति सम्भव छ रेल सञ्चालन ?  आर्थिक एवं प्राविधिक कठिनाइ के-के छन् ? काठमाडौंमा रेल चढ्न पाइने नारा मात्रै हो कि आशा पनि गर्न सकिन्छ ?  सरोकारको यो अंकमा हामीले यिनै विषयमा बहस गरेका छौँ । 

बहसका लागि हामीसँग हुनुहुन्छ–

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, रेल विभागका महानिर्देशक, रोहितकुमार बिसुराल र मेट्रो रेल विज्ञ, बदनलाल न्याछ्यों ।


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।