कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

मंसिर १०, २०७९ |हरिश्चन्द्र बाग
कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गमा रहेको शुक्लाफाँटा नगरपालिका ११, कलुवापुरमा से.२त २४७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकलमा सवार पुरुषको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको परिचय खुल्न नसकेको तर झट्ट हेर्दा भारतीय नागरिकजस्तो देखिएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक २३ वर्षीय सुनील रानालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।