दौडमै भविष्य देख्ने युवाहरु पोखरा रंगशालाभित्र अभ्यासमा

असार ८, २०७९
 दौडमै भविष्य देख्ने युवाहरु पोखरा रंगशालाभित्र अभ्यासमा

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र असार ११ गतेदेखि शुरु हुने राष्ट्रिय एथ्लेक्टिस प्रतियोगितालाई मध्येनजर गर्दै अहिले खेलाडीहरु प्रशिक्षणमा व्यस्त छन् । उनीहरुलाई खेल विज्ञ एवम एथ्लेटिक्स प्रशिक्षक सुशिल नरसिंह राणाले प्रशिक्षित गरिरहेका छन् । प्रशिक्षणमा प्रदेश खेलकुदले हालै सम्पन्न गरेको सहायक प्रशिक्षकमा सहभागी एथलेटिक्स प्रशिक्षकहरु समेत सहभागी छन् । खेलाडी र प्रशिक्षकलाई संगै प्रशिक्षण गराइएको यो नेपाल मै पहिलो पटक हो ।

घर मै प्रशिक्षण गर्दैै आएका उनीहरु पहिलो पटक अफिसियल रुपमा प्रशिक्षण लिन पााउदा खुसी छन् । प्रशिक्षणले आफुहरुमा खेलको सीप र आत्माविश्वास बढाएको बतााउछन् । 

देशलाई पहिलो अन्र्तराष्ट्रिय पदक दिलाएको एथ्लेक्टिक्सको विकासका लागि नयाा खेलाडीको उत्पादन र संरक्षणमा गण्डकी प्रदेशले झै अन्य प्रदेशले पनि ध्यान दिन सके अगामी दिनमा पक्कै खेल क्षेत्रले फड्को मार्ने छ । 


Enter Kantipur TV HD
Advertisement