अशोक राईसहित ७ सांसद र ३० केन्द्रीय सदस्यहरूको आवेदन अनुसार निर्वाचन आयोगले नयाँ दल दर्ता गरिदिएपछि जनता समाजवादी पार्टी नेपाल आयोगसँग रुष्ट भएको छ । राजनीतिक दलसम्बन्धी ऐन नै निष्क्रिय भएको अवस्थामा नयाँ दल दर्ता हुन नसक्ने उसको तर्क छ । तर, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पार्टी विभाजन हुनुको कारण भने केलाएको छैन । १२ मध्ये ७ सांसदले नयाँ पार्टी बनाउँदा उसले उल्टै गठबन्धनका अन्य दलप्रति दोषारोपण गरेको छ । किन फुट्यो त जसपा नेपाल ? पार्टी विभाजनकै अवस्था किन आयो ? पार्टी फुटको शृङ्खला कहिलेसम्म ? यिनै विषयमा आजको न्यूजटकमा हामीले जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनसँग कुराकानी गरेका छौँ ।