कृषिमा लगानी कति सुरक्षित ? (कृषि अर्थशास्त्री देवेन्द्र गौचनसँगको कुराकानी )

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कृषिमा लगानी कति सुरक्षित ? (कृषि अर्थशास्त्री देवेन्द्र गौचनसँगको कुराकानी )

सरकारले कृषि तथा पशुधनको बिमा बापतको प्रिमियम अनुदान दिन ढिलाइ गर्दा बिमामा जोडिएका देशभरका २ लाख किसान मर्कामा परेका छन् । कृषि र पशुपालनमा मात्रै देशका ६७ लाख परिवार आश्रित छन् । तर बिमाको पहुँच ५ प्रतिशत किसानसम्म पनि पुगेको छैन। 

त्यसमाथि जसले बिमा गरेका छन्, उनीहरुलेसमेत बिमा बापतको रकम पाएका छैनन् । सरकारबाट प्रिमियम बापतको पैसा नपाएको भन्दै बिमा कम्पनीहरुले पैसा दिन आलटाल गरिरहेका छन् । 

किसान भने भुक्तानी लिन सरकारी कार्यालय धाउँदैमा हैरान छन् । प्रस्तुत छ, किसानका यिनै समस्या र कृषि अर्थतन्त्रका विषयमा कान्तिपुर टेलिभिजनले कृषि अर्थशास्त्री देवेन्द्र गौचनसँग गरेको कुराकानी । 

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement