अमेरिकाको एक पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाको एक पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते

काठमाडौं । अमेरिकाको मेरिल्याण्डस्थित ग्रिनवेल्टको एक पार्कमा सयौं हाइस्कुलका विद्यार्थीहरु जम्मा भएका बेला एक व्यक्तिले अन्दाधुन्द गोली चलाएका छन् । उक्त घटनामा १६ देखि १८ वर्षका पाँच विद्यार्थी घाइते भएका छन् । एक जना घाइतेको अवस्था गम्भीर रहेको र अन्यको अवस्था स्थिर रहेको ग्रिनबेल्टका प्रहरी प्रमुख रिचर्ड बोवर्सले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

गोली चलाउने व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको र त्यस घटनामा अन्य व्यक्ति पनि सामेल हुन सक्ने बताइएको छ । प्रहरीहरु घटनास्थलमा करिब १५ मिनेटसम्म उपस्थित थिए र एम्बुलेन्स आउनुअघि नै घाइतेको उपचार भएको जनाइएको छ ।

सिनियर स्किप डेका लागि उक्त पार्कमा कम्तिमा दुई हाइस्कुलका अनुमानित पाँच सयदेखि ६ सय विद्यार्थीहरू पार्कमा भेला भएका थिए । अमेरिकामा विगत एक सय १० दिनमा करिब एक सय २० वटा सामूहिक रूपमा अन्दाधुन्द गोली चलाइएका घटना सार्वजनिक भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement