टर्कीमा अर्को ठूलो परकम्प : १४ सय व्यक्तिको मृत्यु, हजारौँ घाइते

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
टर्कीमा अर्को ठूलो परकम्प : १४ सय व्यक्तिको मृत्यु, हजारौँ घाइते

अंकारा । टर्कीमा भूकम्पको अर्को ठूलो परकम्प गएको छ । उक्त शक्तिशाली परकम्पले थप भौतिक संरचनाहरू क्षतिग्रस्त बनेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएअनुसार टर्की र उत्तरी सिरियामा गरी अहिलेसम्म १४ सय जनाको ज्यान गएको छ भने हजारौँ घाइते छन् । पहिलेनै युद्धले रुग्ण बनेका सिरियाली सहरहरु यतिबेला भूकम्पले ध्वस्त बनेका छन् ।

सोमबार विहान भएको यस शक्तिशाली भूकम्पको धक्का सिरिया, लेबनान् र साइप्रसमासमेत महसुस गरिएको थियो । ७ दशमलव ८ म्याग्निच्युड मापन गरिएको उक्त भूकम्पबाट टर्कीका दर्जनभन्दा बढी सहरमा क्षति पुगेको छ ।

भूकम्पमा परेकाको खोजी तथा उद्धारको काम जारी छ । उद्धार, उपचार तथा राहतका लागि विभिन्न मुलुकहरू सहायताका लागि जुटेका छन् ।

सम्बन्धित समाचार...

टर्की भूकम्प : ९ सय जनाको मृत्यु, ३ हजारभन्दा बढी घाइते


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.