टर्की भूकम्प : ९ सय जनाको मृत्यु, ३ हजारभन्दा बढी घाइते

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
टर्की भूकम्प : ९ सय जनाको मृत्यु, ३ हजारभन्दा बढी घाइते

अंकारा । टर्की र उत्तरी सिरियामा भएको शक्तिशाली भूकम्पबाट ९ सयभन्दा बढी व्यक्तिको ज्यान गएको र ३ हजार बढि घाइते बनेको अन्तर्राष्ट्रिय विभिन्न मिडियाले जनाएका छन् । त्यस्तै हजारौँ आवासीय भवन तथा भौतिक संरचना क्ष्यतिग्रस्त बनेका छन् ।

भूकम्प सोमबार बिहान गएको हो र यसको धक्का सिरियाको राजधानी दमास्कस, लेबनानी सहर बेरुत र साइप्रसमा पनि महसुस गरिएको थियो ।

७ दशमलव ८ म्याग्निच्युडको उक्त भूकम्पले टर्कीमा मात्रै २ सय ८४ को मृत्यु भएको छ भने २ हजार ३ सय २३ व्यक्ति घाइते भएको टर्कीका उपराष्ट्रपति फुयात ओक्टेले जनाएका छन् । उनका अनुसार भूकम्पबाट टर्कीका १० वटा सहरमा क्षति पुगेको छ भने १७ सयभन्दा बढी भवन क्षतिग्रस्त भएका छन् ।

त्यस्तै, सिरियामा २ सय ३७ जनाको मृत्यु हुनाको साथै ६ सय ३९ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परेकाको खोजी र उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । लाखौं सिरियाली शरणार्थी बसोबास गर्दै आएको स्थानमा केन्द्रविन्दु बनाएर गएको यो भूकम्प टर्की र सिरिया क्षेत्रममा गएका १ सय वर्षयताकै ठूलो भएको बताइएको छ ।

हेरौँ थप तस्बिरहरू :

तस्बिर : रोयटर्स

सम्बन्धित समाचार...

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.