शिक्षकले दलको सदस्यता नत्यागे कारबाही गर्ने शिक्षामन्त्री श्रेष्ठको चेतावनी

चैत्र २३, २०८० |कान्तिपुर टीभी संवाददाता
शिक्षकले दलको सदस्यता नत्यागे कारबाही गर्ने शिक्षामन्त्री श्रेष्ठको चेतावनी

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूले राजनीतिक दलको सदस्यता नत्यागे कारबाही गर्ने चेतावनी दिएकी छन् ।

शिक्षा मन्त्रालय सम्हालेको १ महिना पुगेको अवसरका आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले शैक्षिक क्षेत्रलाई राजनीतिमुक्त घोषणा गर्न शिक्षकहरूलाई सार्वजनिक रूपमै दलको सदस्यता त्याग्न आग्रह गरेको बताइन् । उनले दलको सदस्यता नत्यागे कारबाही गर्ने चेतावनी दिइन् । 

राजनीतिक दलको सदस्यता लिएका शिक्षकलाई कारबाहीका लागि कानुन संशोधन गर्न  सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी अध्ययन भइरहेको जानकारी दिइन् । मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र मन्त्री सहकुलपति रहने व्यवस्थासमेत हटाइनुपर्ने बताइन् ।

मन्त्री श्रेष्ठले सामुदायिक र संस्थागत विद्यालयले प्रदान गर्ने छात्रवृत्ति र नि:शुल्क शिक्षासम्बन्धी प्रावधान कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गरेकी छन् । त्रिभुवन विश्वविद्यालयबाट उत्तरपुस्तिका हराएको विषयमा छानबिन गरी पुनः परीक्षा लिने व्यवस्था गरिएको उनले बताइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.