दैलेखमा प्राविधिक शिक्षाको पढाई सुरु

भाद्र ९, २०७९
दैलेखमा प्राविधिक शिक्षाको पढाई सुरु

तीन वर्षअघिसम्म प्राविधिक विषय पढ्न मन लागे महंगो रकम खर्च गरेर जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो दैलेखका विद्यार्थीलाई । तर अहिले यो अवस्था छैन । जिल्लाका ४ पालिकाका ७ स्थानमा प्राविधिक शिक्षाको पढाई सुरु भएपछि विद्यार्थीहरुले स्थानीयस्तरमै सस्तो दरमा पढ्न पाएका छन् ।

तीन वर्षअघिसम्म सुर्खेत, नेपालगन्जदेखि काठमाडौंसम्म धाउन बाध्य सुर्खेतका विद्यार्थीहरु आजकाल गाउाघरमै बसेर प्राविधिक विषय पढ्न पाइरहेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीभइटीले पालिकास्तरमै अनुमति दिएपछि दैलेखमा विभिन्न विषयको पढाई सुरु भएको हो ।

कृषि, भेटनरी, वाली विज्ञान, ईलेक्टेसियन र डिप्लोमा सिभिल ईन्जिनियरिङ जस्ता विषयमा गाउामै दक्ष जनशक्ति उत्पादन हुन थालेका छन् ।  यतिमात्र नभई जिल्लाबाहिर पनि अध्ययनका लागि आउने गरेका छन् । जिल्लामा अहिले करिब ७ सय जनाले प्राविधिक  विषय पढिरहेका छन् । जिल्लाबाहिरबाट आएकाहरु पनि ठूला सहरको तुलनामा कम रकममा पढ्न पाउादा खुसी देखिन्छन् ।

विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक सामग्री पनि उपलब्ध भएपछि विद्यार्थीको पनि चासो बढेको छ ।  सरकारले तोकेको दस्तुर, शिक्षण र प्रयोगात्मक विधिलाई यहााका विद्यालयले पालना गरेपछि शिक्षाको गुणस्तर पनि बढ्दै गएको छ। सुदूरपश्चिम र कणर्ाली क्षेत्रका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई दिईने छात्रवृत्तिले पनि आकर्षण बढेको छ।

ठूला सहरमा गएर महंगो शुल्क तिर्न नसक्ने विद्यार्थीका लागि गाउाघरमै उपलब्ध प्राविधिक शिक्षा वरदान साबित भएको छ।