कान्तिपुर समाचार

Kantipur Samachar | कान्तिपुर समाचार, २२ असार २०७७

असार २२, २०७७

आजको मुख्य समाचार -* सत्तारूढ नेकपामा चर्किएको विवाद मत्थर / वार्ताबाटै मिलनविन्दु खोज्न दुवै पक्ष तयार / स्थायी समिति बैठक २ दिन पर धकेलियो । * काठमाडौँ उपत्यकामै आज ५४ संक्रमित थपिए / महामारी समुदायमा फैलिएको आशंकामा थप नमुना संकलन / मास्क नलगाई बाहिर ननिस्कन सरकारको आग्रह । * समाजका अगुवा र सरकारी पदाधिकारी नै भीडभाडको अगुवाइ गर्न थाले / लकडाउन उल्लंघन गर्दै ठाउँठाउँमा प्रदर्शन र भेला / संक्रमणको जोखिम पूरै बेवास्ता ।* लकडाउनकै बीच ऋण तिर्न बैंकहरुको ताकेता / किस्ता तिर्ने अवधि बढाइदिन सरकारसँग उद्योगी व्यवसायीको आग्रह । * खेल संघहरुमा आर्थिक बेथितिको हद् / बेरुजू फर्स्योट नगर्दा २३ वटा संघ पुरस्कार पाउनबाटै वञ्चित ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, २१ असार २०७७

असार २१, २०७७

आजको मुख्य समाचार -* नेकपाको विवाद टुङ्ग्याउन ओली र दाहालबीच आज पनि जुटेन सहमति / गृहकार्यका लागि अनौपचारिक कार्यदल / केन्द्रीय कमिटि बोलाउन माग गर्दै हस्ताक्षर संकलन ।* नेकपा विवादमा राष्ट्रपतिको सकृयता / शीर्षनेताहरुको शीतलनिवास दौडधुप / राष्ट्रपतिको भूमिका र पदको गरिमामै प्रश्न । * काठमाडौं उपत्यकामा एकैदिन ३० संक्रमित थपिए / यात्रा विवरण नै नभएका र संक्रमितको सम्पर्कमै नआएकामा समेत संक्रमण । * सरकारी खातामा जम्मा गर्नुपर्ने रकम कर्मचारीले व्यक्तिगत खातामा राखेर अपचलन गर्ने क्रम बढ्यो / ब्याज खानेदेखि सुपरमार्केटसम्ममा लगानी / राजश्व हिनामिनाको छैन निगरानी ।* एन्फाको आवासीय प्रशिक्षण परिणामहीन / ११ वर्ष तालिम लिएका ८० मध्ये ३ जना मात्रै राष्ट्रिय टिममा ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, २० असार २०७७

असार २०, २०७७

आजको मुख्य समाचार -* नेकपाभित्र विवाद चर्किएका बेला राष्ट्रपतिसँग प्रधानमन्त्रीको दोस्रो भेट / दुई अध्यक्षबीच आज छलफलै हुन सकेन / स्थायी समितिको बैठक पर्सिलाई सारियो ।* निर्माण क्षेत्रमा बदनामी कमाएका ठेकेदारलाई ३ अर्बको मल आपूर्तिको जिम्मा / सुरुकै ठेक्कामा सम्झौताअनुसार काम नगर्दा मलको हाहाकार । * देशभर कोरोना भाइरसका संक्रमित साढे १५ हजार पुगे / सुदूरपश्चिममा महामारी / ५ सयभन्दा बढी संक्रमित हुने ११ मध्ये सुदूरपश्चिमका मात्रै ४ जिल्ला ।* बझाङको मल्लेसीमा पहिरोले १८ घर बगायो / ६ जनाको मृत्यु / एक जना अझै वेपत्ता / चार सय विस्थापित ।* महामारी फैलिएको ६ महिनापछि डब्लुएचओको टोली कोरोना भाइरसको उद्गम मानिएको चीनको वुहान जाँदै / उत्पत्ति र फैलावटबारे अनुसन्धान गर्ने ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, १९ असार २०७७

असार १९, २०७७

आजको मुख्य समाचार -* पार्टीमा विवाद चर्किएका बेला नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा ३ घण्टा छलफल / ठोस सहमति केही पनि भएन / एकता खल्बलिन नदिन दोस्रो पुस्ताका नेताको खबरदारी ।* निष्पक्ष भूमिकामा बस्नुपर्ने संस्था पनि दलीय विवादमा / नेकपाको आन्तरिक किचलोमा राष्ट्रपति र सभामुखलाई समेत मुछियो । * आज मात्रै ७ सय ४० जनामा कोरोना भाइरस पुष्टि / मुलुकभर संक्रमितको संख्या १५ हजार नाघ्यो / काठमाडौँको बानेश्वरमा ८५ वर्षे संक्रमितको मृत्यु ।* कोरोना महामारीले अर्थतन्त्र थलिँदा गरिबी बढ्ने चिन्ता / विश्व बैंक भन्छ- नेपाल निम्न आयबाट निम्न मध्यम आय भएको मुलुकमा उक्लियो । * अफ्रिकी देश बोत्स्वानामा पछिल्लो २ महिनामा ४ सय हात्तीको रहस्यमय मृत्यु / कारण पत्ता लगाउन तीन देशमा नमुना परीक्षण जारी ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, १८ असार २०७७

असार १८, २०७७

आजको मुख्य समाचार -* महत्वपूर्ण कार्यसूची छँदै सरकारद्वारा संसद अधिवेशन अप्रत्यासित रुपमा अन्त्य / सत्तारुढ नेकपाभित्रै विरोध / कांग्रेसको पनि अहसमति । * सत्तारुढ नेकपाभित्र द्वन्द्व थप चुलियो / स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित / पार्टी प्रवक्ता नै भन्छन्- एकता गम्भीर संकटमा ।* आज थप ४ सय ७३ जनामा कोरोना भाइरस पुष्टि / सुदूरपश्चिममा मात्र ३ सय २० जना थपिए / मृतकको संख्या ३१ पुग्यो ।* म्यानमारमा ढुंगाखानीमा पहिरो खस्दा एक सय २६ जनाको मृत्यु / हराइरहेकाको खोजी र उद्धार जारी ।* विश्व खेलकुदमा रंगभेदको विकराल रुप / रंगभेदलाई पनि म्याच फिक्सिङ अपराधमा जस्तै कार्वाही गर्न खेलाडीको माग ।

पूरा पढ्नुहोस् »

Pradesh Bishesh | प्रदेश विशेष, १८ असार २०७७

असार १८, २०७७

प्रदेश विशेषमा आज -* कर्णालीमा मुख्यमन्त्री स्वरोजगार कार्यक्रमको ४० करोड बल्ल निकासा / आर्थिक वर्षको अन्त्यमा दुरुपयोगको जोखिम।* कोरोना संक्रमितलाई आसोलेसन र अस्पतालसम्म पुर्‍याउन सवारी र चालक पाउनै मुस्किल । * लकडाउनका बेला झापा प्रशासनले निकाल्यो जग्गा अधिग्रहणको सूचना / आवेदन दिन समस्या भएको स्थानीयको गुनासो ।* बाँकेको नरैनापुरमा पोल गाडेको २३ वर्षपछि बल्ल बल्यो बिजुली / सिंचाइँदेखि उद्योगधन्धासम्मका योजनामा आशा ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, १७ असार २०७७

असार १७, २०७७

आजको मुख्य समाचार -* नेकपामा स्थायी समितिको बैठक रोकेर गुटगत भेला तीब्र / ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने विरोधी खेमाको रणनीति / कुनै हालतमा नछाड्ने ओलीको अडान । * कोरोना संक्रमित १४ हजार नाघे / २ हजार बढी १८ वर्षमुनिका / बालबालिकालाई घरमै राख्न र भीडभाडबाट जोगाउन अभिभावकलाई स्वास्थ्य मन्त्रालयको आग्रह । * सामान अभावमा प्रयोगशालाको क्षमताअनुसार पनि परीक्षण हुन छाड्यो / दैनिक परीक्षण ५ हजारभन्दा कम / चिकित्सक भन्छन्- स्वास्थ्य मन्त्रालयको काम अरुलाई जिम्मा लगाउँदा समस्या । * डेढ महिनापछि खुलेको सेयरबजारमा दोस्रो दिन पनि उल्लेख्य सुधार / नेप्सेमा ७५ अंकको वृद्धि / कारोबार ४० करोड नाघ्यो । * चीनले ल्याएको नयाँ सुरक्षा कानूनको विरोधमा हङकङमा प्रदर्शन / २ सय जना पक्राउ ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, १६ असार २०७७

असार १६, २०७७

आजको मुख्य समाचार -* नेकपा स्थायी समिति बैठकमै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग / राजीनामा भारतले नभइ आफूले मागेको अर्का अध्यक्ष दाहालको भनाई । * आज कोरोना भाइरसका ३ सय १६ जना बिरामी थपिए / काठमाडौँ उपत्यकामै थपिए १४ जना / मुलुकभर संक्रमित संख्या १३ हजार ५ सय ६४ पुग्यो । * परीक्षण क्वारेन्टिनकेन्द्रित हुँदा संक्रमणको दर स्थिर / दैनिक ६ देखि १० प्रतिशतमा भाइरस पुष्टि / तत्काल अटोमेसिन किनेर परीक्षण बढाउन संसदीय समितिको निर्देशन ।* बजार खुलेको दोस्रो दिनमै सेयरमा उछाल / नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि तीनपटक सर्किट ब्रेक । * कोरोना संक्रमणको प्रभाव कम रहेका १४ देशका पर्यटकलाई प्रवेश दिने युरोपेली संघको घोषणा / अमेरिकी, चिनीयाँ र ब्राजिलियनहरु भने छिर्न नपाउने ।

पूरा पढ्नुहोस् »

Pradesh Bishesh | प्रदेश विशेष, १६ असार २०७७

असार १६, २०७७

प्रदेश विशेषमा आज -* सुदूरपश्चिम सरकारले एम्बुलेन्स खरिदमा अनियमितता गरेको संसदीय छानविनको ठहर / टेण्डर प्रक्रियामै मिलेमतो ।* कर्णालीका प्रदेश मन्त्रालय एकै ठाउँमा निर्माणको योजना अलपत्र / संघीय सरकारले दिएन जग्गाको भोगाधिकार ।* कोरोना रोगथाममा स्थानीय तहको हेल्चेक्र्याइँ / संक्रमण पुष्टि भएको भोलिपल्टै घर पठाउने हतारो । * काभ्रेको रोशीमा रुखबाटै बोधिचित्त लुट्ने समूह अझै फेला परेन / स्थानीयमा त्रास, प्रहरी अन्योलमा ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, १५ असार २०७७

असार १५, २०७७

आजको मुख्य समाचार -* मनसुन समयमै भित्रिएकाले असार १५ मै २५ प्रतिशत रोपाइँ सकियो / मलको समस्या भने ज्युँका त्युँ / उत्पादन बढाउन नसक्दा ११ महिनामा ३१ अर्बको चामल आयात । * विभागीय मन्त्रीको असहमतिबीच निजामती विधेयक संसदीय समितिबाट पारित / प्रदेशको प्रमुख सचिव संघले र स्थानीय तहको प्रशासक प्रदेशले खटाउने / खुला प्रतिस्पर्धाको दायरा खुम्च्याइयो ।* कोरोना भाइरस संक्रमितको संख्या १३ हजार नाघ्यो / दैनिक १५ हजार परीक्षण गर्ने स्वास्थ्य मन्त्रीको वाचा पूरा भएन / अत्यावश्यक सामान खरिदको प्रकृयामै अलमल । * लकडाउनका कारण बन्द सेयर बजार डेढ महिनापछि खुल्यो / ४८ करोड ७७ लाख रुपैयाँको कारोबार / किन्नेभन्दा बेच्ने धेरै । * चीनमा कोरोना भाइरसको दोस्रो लहर रोक्न पुनः लकडाउनको नीति / भारतको महाराष्ट्रमा लकडाउन एक महिना थप ।

पूरा पढ्नुहोस् »

Pradesh Bishesh | प्रदेश विशेष, १४ असार २०७७

असार १४, २०७७

प्रदेश विशेषमा आज -* प्रदेश एक सरकारप्रति सत्तारूढ सांसदकै आक्रोस/ बजेटदेखि मन्त्रीको कार्यशैलीसम्मको विरोध ।* राजनीतिक संरक्षणमा संचालित अबैध क्रसर उद्योगमाथि प्रशासनको निगरानी / बाँकेमा २३ उद्योगमा बिजुली काटियो । * बेलैमा तटबन्ध नबन्दा सप्तरीमा बाढीको जोखिम झनै बढ्यो / भारतले कोशीको धार एकतर्फी परिवर्तन गरेपछि थप खतरा ।* रौतहटको गौर अस्पतालको मर्मत र उपकरण खरिदमा अनियमितताको आशंका / खर्च विवरण लुकाएको भन्दै स्थानीय आक्रोसित ।

पूरा पढ्नुहोस् »