स्वास्थ्य

जथाभावी खानपान नगर्न र स्वास्थ्यमा ख्याल गर्न चिकित्सकहरुको सुझाव

आश्विन १६, २०७९

दसै भन्नासाथ खानपान गर्ने र रमाइलो गर्ने पर्वका रुपमा चिनिन्छ । तर यो बेला खाने-पिउने कुरामा ध्यान दिइएन भने स्वास्थ्यमा अनेकौं समस्या निम्तिन सक्छ । दसैंका बेला खानपानमा कस्ता कुरामा ध्यान दिने त ? 

पूरा पढ्नुहोस् »

चाडबाडका बेला स्वास्थ्यमा ध्यान दि‌‌औ

आश्विन १५, २०७९

अब पालो शनिबारको स्वास्थ्य सल्लाहको । दसैं लागिसकेको छ । दसैं भन्नासाथै खानपान सबैभन्दा अगाडि आउँछ, साथमा रमाइलो पनि गरिन्छ । यो बेला गरेको लापरवाहीले स्वास्थ्यमा समस्या निम्तन सक्छ भन्नेमा चाहिँ हामी कमै ख्याल गर्छौं । त्यसैले चाडबाडका बेला कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनीलसँग सहकर्मी कृपाल गौतमले कुरा गरेका छन् ।

पूरा पढ्नुहोस् »

अस्वस्थ खानपान र व्यायाम नगर्दा बढे मुटु रोगी

आश्विन १३, २०७९

समयमै सचेत र सतर्क भए मुटुरोगको सजिलै रोकथाम गर्न सकिन्छ । तर पछिल्लो समय अस्वस्थ्यकर जीवनशैलीका कारण नेपालमा मुटुरोगको समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् । सरकारले मुटु रोगीको उपचारमा सहयोगको व्यवस्था गरे पनि जनचेतना र उपचारका लागि आवश्यक स्वास्थ्य संस्था विस्तार भने हुन सकेको छैन ।

पूरा पढ्नुहोस् »

दाङका अस्पताल डेंङ्गी परीक्षणको मनोमानी शुल्क लिँदै

आश्विन ६, २०७९

सरकारले डेङ्गी परीक्षणको एकीन मूल्य नतोकेपछि दाङका अस्पतालले मनोमानीरुपमा परीक्षण शुल्क लिने गरेका छन् । ३ सय रुपैयाँमा किट किनेर पाँच सयदेखि १ हजार पाँच सयसम्म परीक्षण शुल्क अस्पतालले उठाउँदै आएका छन् ।

पूरा पढ्नुहोस् »

डेंगी संक्रमण नियन्त्रणमा प्रभावकारी काम भएन

आश्विन ५, २०७९

डेंगी संक्रमणबाट पछिल्ला २ महिनामा २४ जनाको मृत्यु भएको छ । संक्रमण घट्नुको सट्टा बढेको बढ्यै छ । साउन १६ गते यता १८ हजार १ सय ३८ जना संक्रमित थपिएका छन् । अहिले घरघरमै संक्रमित भेटिन थालेका छन् । तर पनि डेंगी संक्रमण नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गर्न सकेको छैन 

पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा डाक्टर केसी अनसनमा स्थानीयको पनि साथ

आश्विन २, २०७९

चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसी पछिल्लो ६ दिनदेखि कैलालीको धनगढीमा  सत्याग्रमा बसेका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै धनगढीको कृष्णमन्दिर धर्मशालामा सत्याग्रह वसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि चार दिन देखि सेती प्रादेशिक अस्पतालमा भर्ना गरीएको छ । सुदूरपश्चिमका जनताले सस्तो सुलभ रुपमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको पहुँच सुनिश्चितका लागि २० औं पटक सम्म सत्याग्रह गर्दा समेत सरकारले बेवास्ता गरेकाले केसी प्रधानमन्त्रीकै गृहक्षेत्रमा सत्याग्रह गर्न बाध्य भएका हुन् ।

पूरा पढ्नुहोस् »

बीपी स्वास्थ्य प्रतिष्ठान टाट पल्टने अवस्थामा

आश्विन १, २०७९

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र अधिकांश कर्मचारी राजनीतिक पहुँचका आधारमा नियुक्त गरिएका छन् । यसले प्रतिष्ठान धराशायी भएको भन्दै लामो समय आन्दोलन भए पनि निष्कर्षमा पुग्न सकेन । पटक-पटकका आन्दोलन र सरकारी बेवास्ताले टाँट पल्टने अवस्थामा पुगेको प्रतिष्ठान अहिले कर्मचारीलाई तलब नै खुवाउन नसक्ने अवस्थामा पुगेको छ ।

पूरा पढ्नुहोस् »

उत्पादन नियमित हुँदा पनि बजारमा पारासिटामोलको अभाव

भाद्र ३०, २०७९

सामान्य स्वास्थ्य समस्या हुनासाथ चाहिने औषधी हो पारासीटामोल । तर अहिले बजारमा सजिलै सीटामोल पाईदैन । औषधी उद्योगीले उत्पादन भैरहेको बताउने तर उपभोक्ताले बजार चाहर्नुपर्ने । अनि सरकार भन्छ अभाव हुन नदिन निर्देशन भैसकेको छ । त्यसोभए कहाँ गयो त सीटामोल ?

पूरा पढ्नुहोस् »

मधेश प्रदेशका ८ वटै प्रादेशिक अस्पतालमा उपकरण छ, जनशक्ति छैन

भाद्र २७, २०७९

मधेश प्रदेश सरकारले आठ वटै जिल्लाका प्रादेशिक अस्पतालमा आवश्यक उपकरण आपुर्ति गरेको छ । यसले मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रमा सुधारका लक्षण देखिएको छ । तर आवश्यक विशेषज्ञ चिकित्सकसहित दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य सेवा अपेक्षाकृत रुपमा प्रभावकारी हुन भने सकेको छैन ।

पूरा पढ्नुहोस् »

कोरोना र डेङ्गीसँगै थपियो कालाजार र स्क्रब टाइफसको जोखिम

भाद्र २४, २०७९

के तपाईंलाई टाउको र शरीर दुख्ने तथा ज्वरो आउने समस्या देखिएको छ ? यसलाई सामान्य समस्या हो भनेर घरमै बस्नुभएको छ भने समस्या झनै बढ्न सक्छ । किनभने पछिल्लो समय धेरै जिल्लामा डेंगीसँगै स्क्रब टाइफस, कालाजारलगायत किटजन्य रोगको संक्रमण बढेको छ । स्क्रब टाइफसले शरीरका विभिन्न अंगमा असर पार्छ भने डेंगीले रक्तश्राव गराउँछ । जापानिज इन्सेफलाइटिसले मस्तिष्कमा नकारात्मक असर पार्छ । कालाजारले भने बोन म्यारोमा असर गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता कम गराउने भएकाले सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।

पूरा पढ्नुहोस् »

कोरोनाविरुद्धको एक करोडभन्दा बढी मात्रा खोप भण्डारमै

भाद्र १९, २०७९

विश्वका विभिन्न मुलुकहरुले आफ्ना नागरिकलाई कोभिड खोपको चौथो मात्रा दिन सुरु गरिसकेका छन् । नेपालमा पनि अतिरिक्त मात्रा दिन थालेको ६ महिना बितिसकेको छ । १ करोडभन्दा बढी मात्रा खोप अझै मौज्दात छ। यस्तोमा नेपालमा चौथो मात्रा कत्तिको आवश्यक छ, सरकारी तयारी कस्तो छ ?

पूरा पढ्नुहोस् »