निर्वाचन

सत्ता पक्षका नेतालाई टिकट नपाउने चिन्ता, एमालेलाई गठबन्धनको डर

आश्विन ९, २०७९

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसंगै उम्मेदवारका आकांक्षी र टिकट हातपार्ने दाउपेच बढ्दै गएको छ। सत्तारुढ दलका नेताहरु टिकट पाए गठबन्धनकै भरमा चुनाव जितिने आशमा छन्। नेकपा एमाले सहितका केही दलहरुमा भने सत्ता गठबन्धन बलियो देखिएको ठाँउमा उम्मेदवार बन्न तँछाडमछाड देखिन्न ।

पूरा पढ्नुहोस् »

निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन संयुक्त योजना बनाउँदै सुरक्षा निकाय

आश्विन ९, २०७९

मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन चारवटै सुरक्षा निकायले आआफ्ना रणनीतिसहित संयुक्त योजना बनाइरहेका छन् । राजनीतिक दल तथा उम्मेदवारबीच प्रतिष्पर्धा हुँदा भैपरी आउने घटना नियन्त्रण र निर्धक्क मतदान सुरक्षाको मुख्य चासो हो ।

पूरा पढ्नुहोस् »

दलका आकांक्षीहरु उम्मेदवार बन्ने दौडधुपमा

आश्विन ७, २०७९

मंसिर ४ गते हुने चुनावका लागि राजनीतिक दलहरु उम्मेदवार छान्ने कसरतमा छन् । जिल्लाबाट सिफारिस भएर आएका नाममा छलफल भइरहेको छ । सत्ता गठबन्धनमा आबद्ध दल सिट बाँडफाँटको कसरतमा रहँदा अरु दलमा सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । योसँगै जिल्ला जिल्लामा पनि मतदातामा उत्साह सुरु भएको छ । मतदाताहरुले योग्य व्यक्तिलाई उम्मेदवार बनाउन दलहरुलाई सुझाव दिइरहेका छन् ।मंसिर ४ गते हुने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका राजनीतिक दलले उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाइरहेका छन् । दलहरु उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा लागेका बेला मतदाता उत्साहित हुादै जनताका समस्या बुझेकाहरुलाई उम्मेदवार बनाउन सुझाइरहेका छन् ।

पूरा पढ्नुहोस् »

प्रतिनिधि सभाको कार्यकाल सकिनै लाग्दा संसदमा कामको चाङ

भाद्र २३, २०७९

प्रतिनिधि सभाको कार्यकाल सकिनै लागेको छ । तर संसदमा कामको चाङ छ । सरकार, संसद र राजनीतिक दलको लापरवाहीका कारण महत्वपूर्ण काम बाँकी छाडेर प्रतिनिधिसभाको कार्यकाल सकिन लागेको हो। प्रधानन्यायाधीश विरूद्धको महाअभियोग, ४४ विधेयक, सर्वोच्चमा सिफारिस भएका न्यायाधीशको सुनुवाइ संसदको प्रकृयाका मुख्य काम हुन् ।

पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल अब ९ दिन मात्रै

भाद्र २३, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने भनेर संसदलाई आज पत्राचार गरेको छ। आयोगले उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म मात्रै कार्यकाल रहने किटान गरी संसद सचिवालयलाई पत्र पठाएको हो । वैधानिक रुपमा त्यही दिनबाट सदनको कार्यकाल सकिने भए पनि सरकारमा भने अझै अलमल र विभाजित छ ।

पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनमा सिट बाँडफाँट नहुँदै धमाधम उम्मेदवार सिफारिस

भाद्र १९, २०७९

म‍ंसिर ४ गते हुने निर्वाचनका लागि मुख्य दलहरुले धमाधम आकांक्षी सिफारिस गर्न थालेका छन् । कतै आकांक्षीको लर्को लागेको छ भने कतै मुख्य नेता तानातानमा परेका छन्। दलहरुले कतिसम्म हेलचेक्र्याइँ गरेका छन् भने ज्यान मुद्दामा जेलमा रहेका र भ्रष्टाचारमा मुद्दा चलिरहेका व्यक्तिलाई समेत उम्मेदवार सिफारिस गरिएको छ ।

पूरा पढ्नुहोस् »

सप्तरीमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस तीब्र

भाद्र १९, २०७९

मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि सप्तरीका राजनीतिक दलले स्थानीय स्तरबाट उम्मेदवार सिफारिसको प्रक्रिया तीव्र बनाएका छन् । अन्य दलले सिफारिस अन्तिम चरणमा पुर्याइसक्दा माओवादीको भने कुनै सुरसार छैन।

पूरा पढ्नुहोस् »

निर्वाचनको मिति नजिकिँदै जाँदा सुर्खेतमा दलहरुको सरगर्मी

भाद्र १६, २०७९

आमनिर्वाचनको मिति नजिकिँदै जाँदा सुर्खेतका राजनीतिक दल चुनाव केन्द्रीत अभियानमा लागेका छन् । केन्द्रीय नेतृत्वसँग टिकटको कुरा गर्नेदेखि गाउँठाउँमा प्रचार गर्न नेताहरुले सुरु गरेका छन् । योसँगै जिल्ला नेतृत्वले उम्मेदवार सिफारिसको तयारी गरेको छ

पूरा पढ्नुहोस् »

मतदाता शिक्षाका लागि निर्वाचन आयोगले घरदैलो अभियान चलाउने

भाद्र ५, २०७९

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मत बदर कम गर्न निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउने भएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मत बदरको संख्या बढेपछि आयोगले मतदाता स्वयंसेवक परिचालनदेखि राजनीतिक दल र प्रमुख जिल्ला अधिकारीलाई तालिम दिन लागेको हो।

पूरा पढ्नुहोस् »

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको ताकेता

श्रावण १, २०७९

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति मंसिर २ गते तय गर्न सरकारलाई सुझाव दिएको छ । त्यसका लागि एक सय २० दिन अघि मिति तोकिसक्नु पर्छ । र भोलिसम्म मिति घोषणा नगरे मंसिर २ मा निर्वाचन हुन सक्दैन । तर सरकारले यस विषयमा सत्ता गठबन्धन दलभित्र छलफल नै गरेको छैन । सरकारको आलटालले आयोगलाई भने समस्या थपेको छ ।

पूरा पढ्नुहोस् »

इटहरीमा पनि तोडियो एमालेको विरासत, गठबन्धनकै हालीमुहाली

जेष्ठ ९, २०७९

प्रदेश एकका दुई वटा उपमहानगरपालिका मध्ये इटहरीमा २०४६ सालपछि पहिलोपल्ट नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हेमकर्ण पौडेल एमालेको विरासतका रुपमा रहेको इटहरीको प्रमुख बन्दै इतिहास रचेका हुन् ।

पूरा पढ्नुहोस् »

नेपालगन्जको नेतृत्व यस पटक नेपाली कांग्रेसको हातमा

जेष्ठ ८, २०७९

पश्चिम नेपालको प्रमुख शहर नेपालगन्जको नेतृत्व यस पटक नेपाली कांग्रेसको हातमा पुगेको छ । २०१७ सालदेखि अहिलेसम्म आइपुग्दा नेपालगन्जको बागडोर ११ जनाले सम्हालेका छन् ।

पूरा पढ्नुहोस् »