अर्थ र विकास

पर्वतको कुश्मा आन्तरिक पर्यटकको रोजाइमा, साहसिक खेलमा आकर्षण

माघ ९, २०७७

आन्तरिक पर्यटकको रोजाइको केन्द्र बनेको पर्वतको कुश्मामा साहसिक खेल र मनोरम भ्यू-प्वाइन्टले आकर्षण थपेको छ । आन्तरिक पर्यटक तान्न अहिले स्थानीय युवा व्यवसायमा जुटेका छन् ।

पूरा पढ्नुहोस् »

सप्तरीका जनप्रतिनिधि पेस्की लिएर बेखबर, तीन वर्षमा एक अर्ब बेरूजू

माघ ९, २०७७

एउटा आर्थिक वर्ष सकेर अर्को आउनसाथ सप्तरीका प्राय स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदै आएको छ । यसरी सरुवा भइ नयाँ ठाउँमा खटिने अधिकृतहरुले त्यहाँको पुरानो बेरुजु रकम फर्स्यौट र असुलीतर्फ ध्यान नदिंदा एक अर्ब भन्दा बढी बेरुजु देखिएको छ ।

पूरा पढ्नुहोस् »

ढल नबन्दै सेवा शुल्क असुल्न व्यस्त विराटनगर महानगर

माघ ९, २०७७

ढल निर्माणको काम नसकी विराटनगर महानगरपालिकाले नगरबासीबाट शुल्क असुल्न थालेको छ । सेवा सञ्चालन गर्नमा भन्दा शुल्क असुल्नतर्फ महानगरको चासो बढ्दा सर्वसाधारण अनाहकमा ढलको शुल्क बुझाउन बाध्य भएका हुन् ।

पूरा पढ्नुहोस् »

इजरायलमा श्रमिक पठाउने कार्यविधिमा हस्ताक्षर

माघ ९, २०७७

सरकारी तहबाट इजरायलमा अर्ध दक्ष श्रमिक पठाइने भएको छ । केयर गिभरका रुपमा श्रमिक पठाउने सम्बन्धमा आज नेपाल र इजरायलबीच सम्झौता भएको छ । दुई महिनाभित्र श्रमिक पठाउन सुरु गर्ने भनिएको छ ।

पूरा पढ्नुहोस् »

आयात घट्दा पनि सरकारको आम्दानीमा असर

माघ ९, २०७७

आयात खुम्चिएपछि त्यसको सिधा असर भन्सार राजस्वमा परेको छ । यो आर्थिक वर्ष ६ महिनामा भन्सार राजस्व लक्ष्यभन्दा २१ अर्ब कम उठेको छ । आयात ५ प्रतिशत घट्दा भन्सार लक्ष्यभन्दा करिब १० प्रतिशत कम संकलन भएको हो । 

पूरा पढ्नुहोस् »

रामेछाप खाँडादेवीको सडक कालोपत्रे भएको हप्ता दिनमै भत्कियो

माघ ८, २०७७

रामेछापको खाँडादेवी गाउँपालिकामा करिब २४ करोडको लागतमा कालोपत्रे गरिएको सडक हप्ता दिन नबित्दै भत्किएको छ । गुणस्तरहीन काम भएकाले निर्माणको एक सातामै कालोपत्रे भत्किएको हो ।

पूरा पढ्नुहोस् »

विकास निर्माणका ठूला आयोजनाको दुरावस्था

माघ ८, २०७७

सरकारले उच्च प्राथमिकता दिएका विकास आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको सूचिमा राखिएको छ । तर तीनै आयोजनाको काम सुस्त छ । चालु आर्थिक वर्ष ६ महिनामा २२ मध्ये २ आयोजनाले मात्र ३० प्रतिशतभन्दा बढी रकम खर्च गरेका छन् । गौरवका आयोजनामा ६ महिनामा १६ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

पूरा पढ्नुहोस् »

विकास निर्माणका काम नहुँदा सरकारी ढुकुटीमा ७५ अर्ब रुपैयाँ थुप्रियो

माघ ६, २०७७

विकास निर्माणका काम गर्न नसक्दा सरकारी ढुकुटीमा ७५ अर्ब रुपैयाँ थुप्रिएको छ । विकासका काम गर्न भनेर उठाएको आन्तरिक र बाहृय ऋण समेत खर्च गर्न नसकेपछि ढुकुटीमा रकम थुप्रिएको हो । 

पूरा पढ्नुहोस् »

प्राथमिक सेयरमा लगानीकर्ताको आकर्षण, डिम्याट खाता खोल्नेको बैंकमा भीड

माघ ५, २०७७

प्राथमिक सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । सेयरमा लगानी गर्न अहिले बैंक तथा वित्तीय संस्थामा डिम्याट खाता खोल्नेको भीड छ । एक महिनामै सवा तीन लाखले त्यस्ता खाता खोलेका छन् ।

पूरा पढ्नुहोस् »

खाने तेलमा अस्वाभाविक मूल्यवृद्धि , दुई महिनामै २० प्रतिशतले महँगियो

माघ ४, २०७७

नेपाल राष्ट्र बैंकले देशको पाँच महिनाको वित्तीय स्थिति सार्वजनिक गर्दै महँगी नियन्त्रणमा छ भन्यो । तर उपभोक्ताको भान्सामा दिनहुँ प्रयोग हुने खाने तेलको मूल्य भने दुई महिनामै २० प्रतिशतले महँगिएको छ । तर न महँगिनुपर्ने कारण छ, न त सरकारले बजारमा हस्तक्षेप नै गरेको छ ।  

पूरा पढ्नुहोस् »

कोरोना महामारीले राजस्व असुली प्रभावित

माघ ३, २०७७

कोरोना महामारी लम्बिएको असर राजस्व असुलीमा परेको छ । चालु आर्थिक वर्ष ६ महिनामा लक्ष्यभन्दा ५३ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ । बैंक तथा वित्तिय संस्था र उद्योगको आयमा देखिएको कमीले आयकर घटेपछि त्यसको प्रत्यक्ष असर राजस्वमा परेको हो । 

पूरा पढ्नुहोस् »

बेलहिया नाकामा मालवाहक सवारीमा भारतीय सुरक्षाकर्मीको अवरोध

माघ १, २०७७

रुपन्देहीको बेलहिया नाका भएर नेपाल प्रवेश गर्ने सवारी साधनलाई कडाइ गर्न थालेपछि भारततर्फ मालवाहक गाडीको ताँती लागेको छ । भारतीय सुरक्षाकर्मीबाट भइरहेको गैरभन्सार क्रियाकलापले नेपाली उद्योगी आजित छन् । कोरोना महामारीपछि बल्ल राहत महसुस गर्न थालेका व्यवसायीले यही कारण दैनिक करोडौँ रकम गुमाउनुपरेको गुनासो गरेका छन् ।

पूरा पढ्नुहोस् »

आधा खर्ब बजेटको कार्यक्रम कागजमै सीमित

माघ १, २०७७

रोजगार, सीप विकास र उद्यमशीलताका कार्यक्रमलाई लक्षित गर्दै आधा खर्ब बजेट विनियोजन गरेको सरकारले चालू आर्थिक वर्षको ६ महिना बितिसक्दा समेत कार्यक्रम कार्यान्वयनका लागि कुनै सक्रियता देखाएको छैन । महामारीका कारण बेरोजगार हुनेको संख्या दोब्बर बढे पनि सरकारी निकायले रोजगारी बढाउने भनेर उच्च प्राथमिकता दिएका कार्यक्रम महामारीकै कारण अघि बढाउन नसकेको बनावटी तर्क गरिरहेका छन् । यसबाट समय छँदासम्म काम नगर्ने, अनि आर्थिक वर्षको अन्त्यमा नेता र कर्मचारीको स्वार्थमा जथाभावी  खर्च गर्ने विगतको रोगमा यसपालि पनि कत्ति पनि सुधार नआएको छर्लंग हुन्छ ।

पूरा पढ्नुहोस् »

कृषि र पशु फर्म दर्ता गर्ने ह्वात्तै बढे,अनुदानमा हुने खानैकै हालीमुहाली

पुस २९, २०७७

कृषि र पशुपालनको विकासका लागि सरकारले बिभिन्न अनुदान दिँदै आएको छ । कृषि फर्म सञ्चालन गरेका र व्यावसायिक काम गर्न चाहनेलाई अनुदान दिने गरिन्छ । अनुदान पाइने भएपछि स्थानीय तहमा कृषि र पशु फर्म दर्ता गर्नेको संख्या हृवात्तै बढेको   छ ।

पूरा पढ्नुहोस् »

गिट्टी-बालुवा संकलन गर्न धनकुटामा अनौठो चलन

पुस २९, २०७७

गिट्टी-बालुवा संकलन गर्ने मजदुरले धनकुटामा अनौठो चलन चलाएका छन् । धनकुटा भएर बग्ने विभिन्न खोलाका बगरलाई उनीहरुले आपसी भागबण्डा गरेका छन् । बगर बण्डाको चलनले मजदुरहरुबीच स्रोतमाथि समान पहुँच स्थापित गरेको छ ।

पूरा पढ्नुहोस् »