नयाँ बजेटको तयारी अन्तिम चरणतिर गएको छ : प्रधानमन्त्री दाहाल

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नयाँ बजेटको तयारी अन्तिम चरणतिर गएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा पुर्‍याएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले स्वरोजगारी र उत्पादन सरकारको प्राथमिकतामा रहेको पनि उल्लेख गर्नुभयो । वीर अस्पताललाई आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्था पनि सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

वीर अस्पतालको विस्तारका लागि बनाइएको दुवाकोटको १५ सय बेडसहितको गुरूयोजनामा पहिलो चरणको ५ सय बेडको अस्पताल र मेडिकल कलेजको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.