अमेरिकी निजी कम्पनी नेपालमा लगानी गर्न इच्छुक : अर्थमन्त्री पुन

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी निजी कम्पनी नेपालमा लगानी गर्न इच्छुक : अर्थमन्त्री पुन

काठमाडौं । अमेरिकी ठुला निजी कम्पनी नेपालमा लगानी गर्न इच्छुक रहेको अर्थमन्त्री वर्षमान पुनले जनाउनुभएको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा मन्त्री पुनले अमेरिकी निजी कम्पनी नेपालमा लगानी गर्न इच्छुक भएको बताउनुभएको हो ।

अमेरिका भ्रमणमा क्रममा एक हजार ६५ मेघावाटको अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकले सस्तो ब्याजमा ८५० मिलियन डलर ऋण दिने सहमति भएको मन्त्री पुनको भनाइ छ ।

उहाँले गैरआवासीय नेपालीहरुसमेत लगानी गर्न इच्छुक रहेको जानकारी दिनुभयो । नेपालमा लगानी सहज गर्न अध्यादेशमार्फत ऐन संशोधन गर्ने तयारी भइरहेकोसमेत उहाँको प्रस्टोक्ति छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement