सुनको मूल्य पाँच सयले बढ्यो, तोलाको कति ?

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्य पाँच सयले बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख चार हजार ६ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन आइतबार एकैपटक दुई हजार रुपैयाँ घटेर प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार एक लाख तीन हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज तोलाको एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रि बजार मूल्यको आधारमा महासंघले नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गर्दछ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औन्स एक हजार ८७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement