आजका मुख्य समाचार,
* दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा काठमाडौँमा / विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति पौडेलको आग्रह / कतारसँगको बहुप्रतिक्षित श्रम सम्झौता नहुने ।
* देशभर बढ्यो गर्मी / डढेलो, प्रदूषण र वन विनाश मुख्य कारण / सरकारसँग गर्मीको असरबाट जोगाउने योजनै छैन / तराईमा लू चल्नसक्ने मौसमविद्को चेतावनी ।
* लगानी सम्मेलनको सो-केसमा राख्न कोशी प्रदेशका ६ परियोजना / चारवटा एक अर्बभन्दा कम लागतका / ठूला योजना नसमेटेको भन्दै निजी क्षेत्रको असन्तुष्टि ।
* मदिरा नीति घोटाला प्रकरणमा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई थप १४ दिन हिरासतमै राख्न अदालतको अनुमति / सुगरको मात्रा बढेपछि जेलमै दिइयो इन्सुलिन ।
* सूर्य नेपाल गल्फ टुरअन्तर्गत सातौं प्रतियोगिताको पहिलो दिन भुवन नगरकोटी शीर्ष स्थानमा / भुवनकुमार रोक्का र निरज तामाङ एक स्ट्रोकले पछि ।