काठमाडौं । वेस्ट इन्डिज 'ए'सँगको पाँचौं टि-ट्वेन्टीमा आशिफ शेख र अनिल साहले अर्ध शतक बनाएका छन्र । आशिफ आउट भइसके भने अनिल क्रिजमै छन् ।
टीयू क्रिकेट मैदानमा जारी खेलमा १ सय ७३ रनको लक्ष्य पच्छ्याइरहेको नेपालका लागि आशिफले ३३ बलमा ५१ रन प्रहार गर्दै अर्धशतक बनाएका हुन् । लगत्तै उनी थप २ बल खेलेपछि ५१ रनकै अवस्थामा आउट भए । अनिलले ४१ बल खेल्दै ५० रन पूरा गरेका हुन् ।
अहिले नेपाल १६ ओभरमा २ विकेट गुमाएर १ सय ३७ रनको अवस्थामा छ । नेपालको इनिङ कुशल मल्ल र अनिल साहले सम्हालिरहेका छन् । नेपालका लगि ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए । पाँच म्याचको टी-ट्वेन्टी सिरिज वेस्ट इन्डिजले ३-१ ले जितिसकेको छ ।