काठमाडौं । वेस्ट इन्डिज 'ए'सँगको पाँच खेलको टी-ट्वेन्टी सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिजले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिज 'ए'ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि एलिक एथान्जेले ४२, कप्तान रोस्टन चेजले ३३, जोन्सन चाल्सले २४ र म्याथ्यु फर्डले २३ रन बनाए ।
नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान ३-३ विकेट लिए भने अभिनाश बोहोराले १ विकेट लिए ।