काठमाडौं । वेस्ट इन्डिज 'ए'विरुद्धको अन्तिम टी-ट्वेन्टी खेलमा सागर ढकालले वेस्ट इन्डिज 'ए'को पहिलो विकेट लिएका छन् । सिरिजको अन्तिम टी-ट्वेन्टी खेलमा टस हारेर पहिले फिल्डिङ सुरु गरेको नेपालले दोस्रो ओभरको चौथो बलमा ढकालले कदीम एलिनलाई क्याच आउट गराएका हुन् । २ ओभरको समाप्तिमा वेस्ट इन्डिज 'ए' १ विकेट गुमाएर २२ रन बनाएर खेलिरहेको छ ।
पहिलो खेल चार विकेटले जितेको नेपालले त्यसपछिका तीन खेलमा हार बेहोरेपछि पाहुना टोली वेस्ट इन्डिजले पाँच खेलको सिरिज जितिसकेको छ ।