जैसवालको शतकमा मुम्बईमाथि राजस्थानको सहज जित

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
जैसवालको शतकमा मुम्बईमाथि राजस्थानको सहज जित

काठमाडौं । यशस्वी जैसवालको शतकमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि सहज जित निकालेको छ । मुम्बईले दिएको १८० रनको लक्ष्य राजस्थानले १८.४ ओभरमा १ विकेट गुमाएर भेट्टाएको हो ।

राजस्थानका यशस्वीले सर्वाधिक १०४ रन बनाए । ६० बल खेलेका उनले ७ छक्का र ९ चौका प्रहार गरे । यस्तै जोस बट्‍लरले ३५ तथा सन्जु सामसनले ३८ रन बनाए । मुम्बईका लागि पियुश चावलाले १ विकेट लिए ।

सवाई मानसिंह स्टेडियम टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। नेहल बढेरा ४९, मोहम्मद नाबी २३, सूर्यकुमार यादव १० र कप्तान हार्दिक पाण्ड्या १० रनमा आउट भए।

राजस्थानका लागि सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिए ।यस्तै ट्रेन्ट बोल्टले २ विकेट लिँदा आवेश खान र युजवेन्द्र चहलले १-१ विकेट लिए।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement