काठमाडौं । एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । सेमिफाइनलमा पराजित भएका नेपाल र हङकङ तेस्रो स्थानका लागि अल अमरेत क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका हुन् । नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
नेपालले पाँचौं ओभरमा ३ विकेट गुमाएर ३२ रनमा खेलिरहेको छ । नेपालका ओपनर कुशल भुर्तेल शून्य रनमै आउट भए । त्यसपछि ब्याटिङमा आएका सोमपाल कामी १२ रन बनाएर आउट भए भने अर्का ओपनर आशिफ शेख ५ रन बनाएर पवेलियन फर्किए ।
समूह चरणको खेलमा हङकङलाई सहजै हराएको नेपाल आज ब्याटिङमा शुरुदेखि नै दबाबमा परेको छ ।