कतार फुटबलको मुख्य प्रशिक्षकमा पोर्चुगलका कार्लोस नियुक्त

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
कतार फुटबलको मुख्य प्रशिक्षकमा पोर्चुगलका कार्लोस नियुक्त

दोहा । कतारले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा पोर्चुगलका कार्लोस किरोसलाई नियुक्त गरेको छ ।

कतार फुटबल संघले कार्लोसलाई आधिकारिक रुपमा प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको छ ।

उनी सन् २०२६ को विश्वकपसम्म टिमसँग रहने बताइएको छ । कार्लोसको एसियाली फुटबलमा राम्रो अनुभव र ज्ञान रहेको संघको भनाइ छ ।

उनले स्पेनका फेलिक्स सान्चेजलाई प्रतिस्थापन गरेका हुन् । सान्जेचले घरेलु मैदानमा भएको विश्वकपमा कतारको नेतृत्व गरेका थिए । तर कतारले समूह चरणका तीनै खेलमा हार व्यहोर्दा मात्र एक गोल गरेको थियो ।

६९ वर्षीय कार्लोसले इरानको टिम हेरेका थिए । इरान पनि विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ ।

रियाल मड्रिडका पूर्व खेलमाडी कार्लोसको प्रशिक्षकका रुपमा पाँचौ विश्वकप फाइनल हुनेछ । उनले सन् २०१० मा आफ्नो देश पोर्चुगलको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनले इरान, ब्राजिल, रुस र कतार विश्वकपमा सहभागिता जनाए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement