संसद्‌को अंकगणितका कारण जो पनि मन्त्री बन्ने अवस्था आयो : केपी ओली

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसद्‌को अंकगणितका कारण जो पनि मन्त्री बन्ने अवस्था आयो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्को अंकगणितका कारण जो पनि मन्त्री बन्ने अवस्था आएको बताउनुभएको छ ।

राजनीतिज्ञ सिद्धनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जो जसरी पनि मन्त्री बन्दा पुरानो त्यागको अवमूल्यन मात्र नभई अपमान गर्ने प्रवृत्ति बढेको बताउनुभयो । उहाँले हावाहुरी र असन्तुष्टिले ल्याउने प्रवृत्तिहरुबाट प्रभावित नभई एमाले आफ्नो गन्तव्यमा रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू आत्मालोचनासहित एमालेमा फर्किन तयार रहेको बताउनुभएको छ । उहाँले आफूलाई उपयुक्त जिम्मेवारी दिएर तत्काल एमालेमा फर्किने वातावरण बनाइदिन अध्यक्ष ‌ओलीलाई आग्रहसमेत गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले भने एकताको भावनालाई आफूले सकारात्मक रुपमा लिएको जिकिर गर्नुभयो । ओलीले जिम्मेवारी दिने विषय पार्टीको बैठकमा छलफल हुने आश्वासन पनि दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.