काठमाडौं । अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) बनेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेर आज जसपा बनेको हो । राईसहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने सात सांसद्द्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा आज निवेदन दर्ता गराइएको छ ।
अध्यक्ष यादवसँग असन्तुष्टि जनाउँदै जसपाका राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी छाडेर नयाँ पार्टी घोषणा गरिएको हो । सह-अध्यक्ष, चार उपाध्यक्ष, एक महामन्त्रीले जसपा नेपाल छाडेका हुन् ।
पार्टी विभाजनका लागि राईसहित सात सांसद निर्वाचन आयोग पुग्नुभएको थियो । पार्टीको केन्द्रीय अध्यक्ष राई बन्नुभएको छ भने संघीय परिषद् अध्यक्ष राजेन्द्र बन्नुभएको छ ।
२९ जना केन्द्रीय सदस्यसहित उनीहरु निर्वाचन आयोगमा पुगेका हुन् ।
यसअघि जनता समाजवादी पार्टी नेपाल नाम रहेको उपेन्द्र यादव नेतृत्वको पार्टी अब जनता समाजवादी पार्टी नामबाट आयोगमा दर्ताका लागि नेताहरु पुगेका हुन् ।
जसपा नेपालमा १२ प्रतिनिधिसभा सदस्य थिए । अब उपेन्द्र यादवसँग पाँचजना मात्रै छन् । उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री यादवसँग क्याबिनेटमा रहेका साह भने नयाँ दलमा सामेल हुनुभएको छ । सहअध्यक्ष राजेन्द्र श्रेष्ठ पनि नयाँ दलमै पुग्नुभएको छ ।
जसपा विभाजनको प्रभाव संघीय र प्रदेश सरकारमा पनि पर्ने देखिन्छ । नेतृत्व सत्ता र शक्तिको लोभमा फस्दा नेपालका राजनीतिक दलहरु बारम्बार फुट्ने पुरानै प्रवृत्ति हो । जसपा विभाजनको प्रभाव संघीय र प्रदेश सरकारमा पनि पर्ने देखिन्छ ।
चार जनालाई उपाध्यक्ष बनाइएको छ भने मोहम्मद इस्तियाक राई महासचिव र प्रदीप यादवलाई उपमहासचिव बनाइएको छ ।
जसपा नेपालका सांसद प्रकाश अधिकारीले भने पार्टी विभाजित नभएको दाबी गर्दै केही व्यक्तिहरुले पार्टी छाडेर गएको बताउनुभयो । ३७५ जनाको केन्द्रीय समितिमा दल विभाजनका लागि ४० प्रतिशत नपुग्ने पनि उहाँको दाबी छ ।
जसपा विभाजनको प्रभाव संघीय र प्रदेश सरकारमा पनि पर्ने देखिन्छ । मधेश प्रदेशमा जसपाको नेतृत्वमा सरकार छ । ६ वटा प्रदेशमा जसपाका २० जना सदस्य छन् ।
२०७२ जेठमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकीकरण भएर संघीय समाजवादी फोरम बनेको थियो । राईले २०६९ मंसिरमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुभएको थियो ।
पाँच सांसद लिएर यादवसँग एकता गर्नुभएका राई समूहले अहिले सात सांसद लिएर पार्टी विभाजन गरेको हो । उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादव भने अमेरिका भ्रमणमा हुनुहुन्छ ।
यो पनि...
जसपा फुट्यो, पार्टी विभाजनका लागि अशोक राई पुगे निर्वाचन आयोग (तस्बिरसहित)