गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

अंक गणितीय असहजताले मत पाउनेमा अन्योल
वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

कास्की । गण्डकी प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने कार्यसूची छ । मुख्यमन्त्रीले प्रदेशसभामा २३ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना दिनुभएको सभामुख कृष्ण धितालले जानकारी दिनुभयो ।

अधिकारीले यसअघि नै विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइएको थियो । तर उहाँविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले प्रतिपक्षी दलहरू संसदमा उपस्थित भएका थिएनन् । जसका कारण कार्यसूची अघि बढेको थिएन । सर्वोच्चले अधिकारीको नियुक्तिलाई वैधानिकता दिएपछि उहाँले विश्वासको मत लिन लाग्नु भएको छ ।

संविधानअनुसार वैशाख २४ भित्र अधिकारीले विश्वासको मत लिइसक्नु पर्नेछ । मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त गर्न ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । सतारुढ नेकपा एमालेसँग २२, माओवादी केन्द्रसँग सभामुखसहित ८ र स्वत्रन्त सांसद दीपक मनाङे विश्वासको मत दिनुपर्ने पक्षमा रहेका छन् । २ सिट रहेको राप्रपा भने विपक्षमा बस्ने कि तटस्थ रहने भन्नेमा अन्योलमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.