हाम्रो स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन : पूर्वराष्ट्रपति भण्डारी

वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
हाम्रो स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नागरिकले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताउनुभएको छ । 

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरूका पहिलो पुस्ताका नेताले गरेको त्याग, योगदान र अठोटबाटै नेपालीले स्वतन्त्रता र अधिकार पाएको बताउनुभयो । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले थालेको ज्येष्ठ नागरिक भत्ताले समाज रूपान्तरणमा ठूलो योगदान पुर्‍याएको दाबी गर्नुभयो ।

कार्यक्रममा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्न आवश्यक रहेको बताउनुभयो । 

दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयाघात भएको थियो । उपचारका क्रममा उहाँको निधन भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement