यो गठबन्धन जम्मा ५ महिना टिक्छ : प्रमुख सचेतक लेखक

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
यो गठबन्धन जम्मा ५ महिना टिक्छ : प्रमुख सचेतक लेखक

काभ्रे । नेपाली कांग्रेसका सांसद एवं प्रमुख सचेतक रमेश लेखकले यो गठबन्धनको आयु जम्मा ५ महिना भएको टिप्पणी गर्नुभएको छ । उहाँले सहकारीमा जम्मा भएको रकममा गृहमन्त्रीकै संलग्नता देखिएकाले प्रश्न गरेको धारणा राख्नुभयो । संविधान र यो व्यवस्थाको रक्षा कांग्रेसले मात्र गर्न सक्ने उहाँको दाबी छ ।

देशको राजनीतिक अवस्थामा अत्यन्तै जटिल अवस्थामा रहेको उहाँको भनाइ छ । उहाँले देशमा भएको दलहरु कसैसँग बहुमत नहुँदा अवस्था जटिल बनेको बताउनुभयो । ‘अहिले पनि संसद्‌को अवस्था ठुला-ठुला पार्टी हेरेको-हेर्यै र साना दलले शासन गरेको गर्यै भएको छ,’ नेपाली कांग्रेस धुलिखेल नगरको प्रथम सम्मेलनमा लेखकले भन्नुभयो, ‘यो गठबन्धन हावा चलेन, पानी परेन भने पाँच महिना मात्र यो गठबन्धन टिक्नेछ । त्योभन्दा बढ्ता छैन । त्यसका लागि हामीले केही गर्नु पर्दैन उहाँहरुकै कारणले गठबन्धन भत्कनेवाला छ ।’

उहाँले अहिलेको व्यवस्था र संविधानको रक्षाका लागि नेतृत्व कांग्रेसले नै गर्नुपर्ने दाबी गर्नुभयो । लोकतन्त्रको रक्षा नेपाली कांग्रेसबाट मात्र सम्भव रहेको उहाँको दाबी थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement