गण्डकीमा नयाँ सरकार बनाउने कसरत; बाबुराम भन्छन्- हामी ‘पर्ख र हेर’कै अवस्थामा छौँ

चैत्र २२, २०८० |भीमलाल श्रेष्ठ
गण्डकीमा नयाँ सरकार बनाउने कसरत; बाबुराम भन्छन्- हामी ‘पर्ख र हेर’कै अवस्थामा छौँ

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गण्डकी प्रदेशमा नयाँ सरकार निर्माणका लागि भइरहेको गतिविधिमा आफ्नो पार्टी ‘पर्ख र हेर’को अवस्थामा रहेको बताएका छन् ।

आज गोरखामा आयोजित कार्यक्रममा भट्टराईले माओवादी केन्द्रले आफ्नो पार्टीलाई षडयन्त्रमूलक ढङ्गले धोका दिइरहेको र अर्का पक्षसँग पनि कुरा मिल्छ कि मिल्दैन भन्ने टुंगोमा नपुगेकाले आवश्यकताका आधारमा निर्णय लिने बताए ।

गत निर्वाचनमा गोरखा- २ को (क) बाट नेपाल समाजवादी पार्टीका उम्मेदवार फणीन्द्र देवकोटा माओवादी केन्द्रको चुनाव चिन्हबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । फणीन्द्र देवकोटा नेपाल समाजवादी पार्टीकै प्रदेश सभा सदस्य भएको जिकिर गर्दै भट्टराईले गण्डकी सरकार गठनमा उनको समर्थन महत्त्वपूर्ण हुने दाबी गरे ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका गोरखा संवाददाता हुन् ।