इलाम–२ को उपनिर्वाचनका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

चैत्र ७, २०८० |विप्लव भट्टराई
इलाम–२ को उपनिर्वाचनका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

इलाम । इलाम–२ मा अगामी वैशाख १५ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेहरूमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका छन् ।

कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा सिफारिस गरेको नामहरूलाई बिहीवारभित्र रायसहित कोशी प्रदेश कार्यसमितिमा पठाइने छ । प्रदेशले चैत १० मा आकांक्षी उम्मेदवारको नाम केन्द्रमा पठाउनेछ ।

पहिलो नम्बरमा सिफारिस भएका आचार्य कांग्रेस महासमिति सदस्य हुन् । खड्का २०७९ सालको निर्वाचनमा नेम्वाङसँग पराजित उम्मेदवार हुन् । त्यस्तै केशव थापा पूर्वसांसद तथा पूर्वराज्यमन्त्री हुन् । नगेन्द्र कुमाल नेपाल आदिवासी जनजाति महांघको पूर्वअध्यक्ष हुन् । इलाम–२ मा एमाले नेता सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।