नागरिक उन्मुक्तिमा रेशम र रञ्जिताबीच विवाद बढ्दा पार्टी बैठक अन्योल

फाल्गुन २९, २०८० |कान्तिपुर टीभी संवाददाता
नागरिक उन्मुक्तिमा रेशम र रञ्जिताबीच विवाद बढ्दा पार्टी बैठक अन्योल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा विवाद हुँदा नागरिक उन्मुक्ति पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक नेता तथा उनका श्रीमान रेशम चौधरीबीच संघीय सरकारलाई समर्थन गर्न कि नगर्ने भन्नेमा विवाद चुलिएको हो। पति-पत्नीको विवादले पार्टी नै अनिर्णयको बन्दी बनेको छ। दाहाल नेतृत्वको सरकारबारे निर्णय गर्न अध्यक्ष श्रेष्ठले बोलाएको पार्टी केन्द्रीय समितिको दुई जनाको विवादकै कारण बस्न नसकेको संस्थापक सदस्य समेत रहेका सांसद अरुण चौधरीले बताए ।

बैठक काठमाडौंमा बस्ने कि दाङमा भन्ने विषयमा श्रेष्ठ र चौधरीवीच विवाद देखिँदा बैठक नै अन्योलमा परेको उनको भनाइ छ । अर्का सांसद लालवीर चौधरीले पनि दुई नेताबीचको विवादले सुदुरपश्चिम प्रदेश र संघ सरकारबारे निर्णय हुन नसकेको जानकारी दिए । उनले काठमाडौंमा पार्टी केन्द्रीय समितिको बैठक बोलाए पनि दुई नेताबीचको शक्ति संघर्षका कारण अनिश्चित बनेको बताए।

सुदुरपश्चिम सरकारमा सहभागि हुने पार्टीको निर्णय हो भनेकी अध्यक्ष श्रेष्ठ अहिले सम्पर्कमा आएकी छैनन् । अध्यक्ष श्रेष्ठले अहिले पनि सत्तागठबन्धन दललाई आफ्नो समर्थन रहेको बताउने गरेकी छन् । तर पार्टीमा अहिलेसम्म कुनै निर्णय गरेकी छैनन् ।

उता संस्थापक नेता चौधरीलेले नयाँ सत्ता गठबन्धनलाई समर्थन नभएको भन्दै सुदुरपश्चिम प्रदेश सरकारमा आफ्ना प्रदेश सांसदलाई सरकारमा सहभागी गराएका छन्। अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि हुने पार्टीको निर्णय नभएको भन्दै सरकारबाट फिर्ता बोलाए पनि उनीहरु चौधरी पक्षधर भएकाले अहिलेसम्म फिर्ता भएका छैनन् । यसअघिको कांग्रेससहितको सत्ता गठबन्धन दलको सरकारमा अध्यक्ष श्रेष्ठ भूमिमन्त्री थिइन् । नागरिका उन्मुक्ति पार्टीको केन्द्रमा चार जना सांसद छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.