दुई दिने भ्रमण सकेर कतारका अमिर अल थानी स्वदेश फिर्ता

वैशाख १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
 दुई दिने भ्रमण सकेर कतारका अमिर अल थानी स्वदेश फिर्ता

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकेर फर्किनुभएको छ । भ्रमणका क्रममा नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी गरेर कतारका अमिर थानी आज फर्किनु भएको हो ।

उहाँलाई नेपालमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको थियो भने बिदाइमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतको उपस्थिति थियो । कतारका अमिर अल थानीको राजकीय भ्रमणका अवसरमा आज कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.