काठमाडौं । भूकम्प जाँदा जमिनमुनिका प्लेट ठोक्किन्छन् । तर कसरी ? यस्तो भौगर्भिक घटनाबारे नागरिकलाई बुझाउन काठमाडौँमा प्रदर्शनी आयोजना गरिएको छ ।
भूकम्पीय जोखिम, सम्भावना र भौगोलिक अवस्थाबारे जानकारी दिन प्रदर्शनी आयोजन गरिएको आयोजकले जनाएको छ ।
त्रिचन्द्र बहुमुखी क्याम्पसका सह-प्राध्यापक दीपक चम्लागाईंले नेपालमा रहेका सक्रिय दरारहरुबारे प्रदर्शनीमा जिज्ञासुले जानकारी पाउने बताउनुभयो । भूकम्प र दरारको वैज्ञानिक कारणहरुबारे विस्तृत रुपमा बुझाउन प्रदर्शनी आयोजन गरिएको हो ।
ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा वैशाख ९ गते आइतबारदेखि सुरु भएको यो प्रदर्शनी वैशाख १४ गते बिहीबारसम्म चल्नेछ । भूकम्प भनेको पृथ्वीमा हुने कम्पन हो । भूकम्पविद्का अनुसार भूकम्पको सम्बन्ध पृथ्वीको भौगर्भिक गतिशीलतासँग हुन्छ ।
पृथ्वीको भित्री भागमा रहेका दरारको शक्ति असन्तुलन भई विस्थापन हुँदा जम्मा भएको तनाव वा शक्ति तरंगका रूपमा प्रवाह हुँदा कम्पन उत्पन्न हुने गर्छन् ।
विस्तृत भिडियोमा :