पश्चिमी सीमानाका गड्डाचौकी र ब्रह्मदेव ३ दिन बन्द रहने

वैशाख ३, २०८१ |हरिश्चन्द्र बाग
पश्चिमी सीमानाका गड्डाचौकी र ब्रह्मदेव ३ दिन बन्द रहने

कञ्चनपुर । कञ्चनपुरका पश्चिमी सीमानाका गड्डाचौकी र ब्रह्मदेव तीन दिन बन्द रहने भएको छ ।

छिमेकी भारतको लोकसभा निर्वाचनका सिलसिलामा जनपद चम्पावतअन्तर्गत प्रथम चरणको मतदान वैशाख ७ गते अर्थात् १९ अप्रिलका दिन हुने भएकाले सोही सन्दर्भमा वैशाख ४ गते (भोलि) बेलुकी ५:१५ बजेदेखि वैशाख ७ गतेसम्म तीन दिन बन्द रहने भएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मतदान समाप्ति हुँदासम्म गड्डाचौकी र ब्रह्मदेव नाका बन्द रहनेछन् ।

‘नेपाल-भारत सीमा नाकाहरु अत्यावश्यक स्वास्थ्य सेवा (मेडिकल इमेरजेन्सी) बाहेक पूर्ण रुपमा बन्द रहने भनी जिला मजिस्ट्रेट चम्पावत, भारतको पत्रमार्फत जानकारी प्राप्त भएको हुँदा उल्लेखित अवधिभर चम्पावत जिल्लासँग जोडिएका कञ्चनपुर जिल्लाका सीमा नाकाहरु गड्डाचौकी र ब्रह्मदेव बन्द रहनेछन्,’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।