गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारमा मुद्दा दर्ता

चैत्र २३, २०८० |हरिश्चन्द्र बाग
गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारमा मुद्दा दर्ता

कञ्चनपुर । कञ्चनपुर घर भएका गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारमा उनकी श्रीमतीले मुद्दा दर्ता गराएकी छन् ।

आफूमाथि जबरजस्तीकरणी गरेको आरोपमा ओडकी श्रीमतीले वैवाहिक करणीको मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिएका छन् ।

यही चैत २१ गतेका दिन इलाका प्रहरी कार्यालय झलारीमा दर्ता गरिएको मुद्दा जिल्ला प्रहरी कार्यालयमा पुगेको कञ्चनपुर प्रहरीले पुष्टि गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । 


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।