बढ्दो चिसोसँगै राउटे समुदायमा स्वास्थ्य समस्या

राउटेका मुखियाले आधुनिक उपचारका लागि समुदायका मानिसहरुलाई प्रेरित गर्न थाले
मंसिर २९, २०८० |चक्र भण्डारी
बढ्दो चिसोसँगै राउटे समुदायमा स्वास्थ्य समस्या

दैलेख । बढ्दो चिसोले समुदायका सदस्यहरु बिरामी पर्न थालेपछि राउटे मुखियाले औषधि उपचार गर्न प्रेरित गर्न थालेका छन् ।

चिसोले बिरामी भई झुप्रोमै लम्पसार परेका समुदायका सदस्यलाई राउटे मुखियाले अन्धविश्वास छोडी आधुनिक औषधिमूलो गर्न प्रेरित गर्न थालेका हुन् । यसैबीच दैलेखको भैरवी गाउँपालिका ५, कागतेडाँडामा बस्दै आएका राउटे समुदायमा गएर नेपाल प्रहरीको विशेषज्ञ चिकित्सकको टोलीले औषधि उपचार गरेको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियनका डा. अच्युतविक्रम हमालका अनुसार राउटे समुदायमा रुघाखोकी, छातीको संक्रमण देखिएको छ ।

खोला किनारको चिसो नछेक्ने झुपडीमा ४६ घरका १४२ जना राउटे बसिरहेका छन् । बिरामी परेपछि धामीझाँक्री र झारफुक गर्ने राउटेहरु अहिले विस्तारै आधुनिक औषधि उपचारमा विश्वास गर्न थालेको मुखिया सूर्यबहादुर शाही बताउँछन् ।

मुखियाको निर्देशन मात्र पालना गर्ने राउटे बस्तीमा पहिलोपटक स्वास्थ्य शिविर सञ्चालन भएको हो । त्यस क्रममा उनीहरूलाई औषधी उपचारसँगै लत्ताकपडा र खानेकुरासमेत वितरण गरिएको छ ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।